नियम ४०
समुदायमूलक शिक्षा तथा चिकित्सा सेवा प्रदान गर्ने
(१) प्रत्येक विश्वविद्यालय, प्रतिष्ठान वा अन्य शिक्षण संस्थाले स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयले तोकेको कम्तीमा एक जिल्लामा समुदायमूलक शिक्षा तथा चिकित्सा सेवा प्रदान गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको समुदायमूलक शिक्षा सञ्चालन गर्दा त्यस्तो विश्वविद्यालय, प्रतिष्ठान वा अन्य शिक्षण संस्थाले जनस्वास्थ्य, पोषण कार्यक्रम, सङ्क्रामक रोगको रोकथाम, आधारभूत स्वास्थ्य लगायतका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको समुदायमा चिकित्सा सेवा प्रदान गर्दा त्यस्तो विश्वविद्यालय, प्रतिष्ठान वा अन्य शिक्षण संस्थाले स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयले तोकेको आधारभूत स्वास्थ्य सेवा र विशेषज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालन गर्नु पर्नेछ।